अपडेट
काठमाडौँ ल्याउनुअघि दुर्गा प्रसाईंलाई जिप्रका झापा लगियो
शुक्रबार, २९ चैत २०८१, १० : ४६
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापामा लगिएको छ ।
उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए ।
उनलाई शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको बताए । प्रसाईंले बिहीबार भारतमा आत्मसपर्मण गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रसाईंमाथि तीनकुनेमा राजवादीले चैत १५ मा गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण