मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
अपडेट

काठमाडौँ ल्याउनुअघि दुर्गा प्रसाईंलाई जिप्रका झापा लगियो

शुक्रबार, २९ चैत २०८१, १० : ४६
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापामा लगिएको छ । 

उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए । 

उनलाई शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको बताए । प्रसाईंले बिहीबार  भारतमा आत्मसपर्मण गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ । 

प्रसाईंमाथि तीनकुनेमा राजवादीले चैत १५ मा गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप