दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
काठमाडौँ । तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।
न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ । प्रसाईं भारतबाटै पक्राउ परेको भनिएपनि प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको दाबी गरेको छ।
प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो । चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप प्रसाईंमाथि छ । प्रसाईं नै संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो ।
उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु हुनुका साथै तोडफोड, लुटपाट र आजगानीका घटना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण