स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतिनिधिको पद खारेजको मागसहित सर्वोच्चमा रिट
काठमाडौँ । स्थानीय तहमा दलीय आधारमा निर्वाचित ३६ हजार बढी जनप्रतिनिधिको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता प्रकाश अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयुक्त तथा आयुक्तको कार्यालय र संघीय संसद्अन्तर्गत दुवै सदनलाई विपक्षी बनाइ उक्त रिट दायर गरेका हुन् ।
दलविहीन स्वतन्त्र स्थानीय तह हुनेगरी परमादेशको माग गर्दै रिट दायर भएको हो ।
नेपालको संविधान २०७२ ले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको चुनाव दलीय आधारमा गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहको चुनाव दलीय आधारमा गर्नुपर्ने अनिवार्य व्यवस्था नगरेकाले हालको स्थानीय तहका जनप्रतिनिधिहरु वैधानिक नभएको दाबी रिटमा गरिएको छ ।
संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर स्थानीय तहमा दलीय आधारमा चुनाव हुने गरी बनाइएका कानुन, नियमावली र निर्देशिका एकमुस्ट खारेज गरेर दलविहीन तरिकाले पुनः चुनाव गराउनेगरी परमादेश गर्न माग रिटमा गरिएको छ ।
यसैगरी रिटमा स्थानीय तहको चुनावको दायित्व स्थानीय प्रदेशलाई दिइ गैरदलीय आधारमा गराउनुपर्ने माग उनले गरेका छन् ।
देशभर एकाध स्थानीय तहमा बाहेक अधिकांश ठाउँमा ३६ हजार भन्दा बढी दलीय जनप्रतिनिधिहरु रहेका छन् ।
अधिवक्ता अधिकारीले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि वैशाख १७ गते पेशी तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण