शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल

काठमाडौं । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबीच शुक्रबार पनि छलफल भएको छ । आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी नभएको बताइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा शिक्षकहरुसंग छलफल भएको हो । छलफलमा दुवै पक्षले आ-आफ्ना कुराहरू राखे ।
शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो ।
हिजोको पहिलो छलफलमा शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए ।
उनीहरूले नयाँ ऐन जारी गर्ने सवालमा सरकारको मार्गचित्र के हो ? भन्ने विषयमा सरकारको प्रष्टता खोजेका थिए । त्यस्तै विगतमा सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन किन ढिला गरेको ? त्यसको समेत ठोस जवाफ माग गरेका थिए ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि अर्थशास्त्र विभागमा बहस – सरकारले ल्याएको बजेट कस्तो ?
-
आफू सुत्ने कोठामै नवविवाहिताको शव फेला, पति र सासु फरार
-
एकता महाधिवेशनबाट निर्वाचित कमिटीलाई बद्री केसी समूहले गरायो सचेत
-
ऐतिहासिक कांस्य पदक जितेकी एरिका सम्मानित
-
नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी’ अवार्ड
-
सुदूरपश्चिममा तीन जनामा कोरोना पुष्टि