एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो
शुक्रबार, २९ चैत २०८१, २१ : ५४

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा धनगढी एफसीले जित निकालेको छ ।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा काठमाडौँ रेजर्स एफसीलाई ३-१ गोलअन्तरले हराउँदै धनगढीले जित हात पारेको हो ।
खेलको २२औँ मिनेटमा अमाडो डिओपले गोल गर्दै काठमाडौँलाई अग्रता दिलाएका थिए ।
तर, धनगढीका अहमद हिजाजीले खेलकोे ३५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । धनगढीका लागि हिजाजीले ४१औँ र ४७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
जितसँगै आठ अङ्कका साथ धनगढी तालिकाकोे शीर्ष स्थानमा उक्लिएको छ भने काठमाडौँ पाँच अङ्कसहित चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’