एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो
शुक्रबार, २९ चैत २०८१, २१ : ५४
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा धनगढी एफसीले जित निकालेको छ ।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा काठमाडौँ रेजर्स एफसीलाई ३-१ गोलअन्तरले हराउँदै धनगढीले जित हात पारेको हो ।
खेलको २२औँ मिनेटमा अमाडो डिओपले गोल गर्दै काठमाडौँलाई अग्रता दिलाएका थिए ।
तर, धनगढीका अहमद हिजाजीले खेलकोे ३५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । धनगढीका लागि हिजाजीले ४१औँ र ४७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
जितसँगै आठ अङ्कका साथ धनगढी तालिकाकोे शीर्ष स्थानमा उक्लिएको छ भने काठमाडौँ पाँच अङ्कसहित चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण