नदी तथा खोलाले कटान गरेका क्षेत्रको संरक्षणमा बागमती प्रदेश
नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले नदी तथा खोलाले कटान गरेका खेतीयोग्य क्षेत्रको संरक्षण गरेर किसानलाई भूमिहीन हुनबाट जोगाउन लागेको बताएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा शुक्रबारदेखि सुरू भएको ‘जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले नदी र खोलाको बहावको कारण क्षति पुगेका तथा बगर बनेका भूमिको संरक्षण गरेर किसानलाई न्याय दिन लागिएको बताए ।
बागमती प्रदेशभित्रका केही जिल्लामा नमूना योजनाको रूपमा यो वर्षदेखि सुरू गर्न लागिएको यस योजनाको लागि रू ३० करोड बजेट उपलब्ध गराइएको उनले जानकारी दिए ।
“प्रदेशभित्रका नदी र खोलाले प्रभावित बनाएका जिल्लामा एकैसाथ कार्यक्रम सञ्चालनको योजना बनाए पनि समपुरक अन्तरगत माग गरिएअनुसार केन्द्र सरकारबाट बजेट नपाएकाले सीमित स्रोतले नमूना योजनाको रूपमा सुरू गर्न लागिएको छ ।”
उाले भने, “नुवाकोटको ताँदी र लिखु खोलाको कटान नियन्त्रण गर्दै क्षति पुगेका र बगरमा परिणत भएका जग्गा संरक्षण गरेर पीडित बनेका किसानलाई राहत दिनेछौँ ।” नुवाकोटमा नमूनाको रूपमा सुरू हुने उक्त कार्यक्रमले यहाँको लिखु र ताँदी खोलाले क्षति पुर्याएकामध्ये २८ हजार रोपनी जग्गाको संरक्षण गरिने लक्ष्य छ ।
खोला र नदी किनारको जग्गा उर्भरयुक्त भूमि हुने र उक्त स्थानमा सिँचाइ सहितको सरल सुविधाले कृषि उब्जनी वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रको विकास, पूर्वाधारको निर्माण र नयाँ खेलाडी उत्पादनको लागि अवसरको रूपमा लिनुपर्ने बताए ।
नुवाकोटका बाह्र स्थानीयतहको सहभागितामा ऐतिहासिक पर्यटकीय क्षेत्र घ्याङस्वारमा शुक्रबारदेखि सुरू भएको प्रतियोगिता आगामी सोमबारसम्म चल्ने आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण