कतारमा गुञ्जियो बाल साहित्य
दोहा । अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयले मासिक रूपमा संयुक्त आयोजना गर्दै आइरहेको साहित्य डबलीको १५७औँ शृङ्खलामा 'बाल साहित्य' विशेष कार्यक्रम सम्पन्न भएको छ।
दोहाको मुन्ताजामा रहेको गोरखोली रेष्टुरेण्डको सभाहलमा ११ अप्रिल २०२५ शुक्रबार सम्पन्न भएको कार्यक्रममा बालबालिकाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
उक्त बाल साहित्य कार्यक्रममा नैतिक शर्मा न्यौपानेले 'कुखुरी काँ', आर्या ज्ञवालीले 'ताराबाजी लै लै', श्रीजल भट्टराईले 'हजुरबुवा हजुरआमा' र 'ज्ञानीराम'ले कथा, मायरा खत्रीले 'मेरी आमा', आनुष्का श्रेष्ठले 'पढ पढ नानी हो', खुशी गौतमले 'मेरो मातृभूमि नेपाल', सिवान्स रिजालले 'सगरमाथा' निबन्ध, आतिश शर्माले 'काग र स्याल' कथा, समृद्ध भट्टराईले 'सात बार सात दिन', नतिजा शर्मा न्यौपानेले 'गर्मीका दिन' र सानवी रिजालले 'हाम्रो ध्वजा' प्रस्तुत गरेका थिए।
हरेक महिना हुने साहित्य डबलीमा समाजमा पृथक पहिचान बनाएका एक व्यक्तिलाई विशिष्ट श्रोताको रूपमा निम्त्याउने परम्परा रहेको छ । १५७औँ डबलीका विशिष्ट श्रोतामा अध्ययनरत अभियन्ता कल्याण थापाको उपस्थिति रहेको थियो ।
विदेशको व्यस्त जीवनशैली र पट्यारलाग्दो सामाजिक सञ्जालले बाल मस्तिष्कलाई दिनानुदिन घोप्टे युगमा लगिरहँदा यस्ता कार्यक्रमले बालबालिकाको मस्तिष्कमा सकारात्मक ऊर्जा सहितको नेपाली भाषा र साहित्यमा समेत टेवा पुग्ने आयोजकले संस्थाले बताएको छ।
आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन र बालबालिकाले प्रस्तुत गरेका सिर्जनाले हराइरहेको सामाजिक चेतनाले सबैको मन छोएको विशिष्ट श्रोत कल्याण थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण