वर्षा बाधक बनेपछि नेपाल फाइनलमा
काठमाडौँ । चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक बनेको छ । वर्षाका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले अंक बाँड्न बाध्य भएका हुन् ।
योसँगै नेपालले ३ खेलबाट ५ अंक बटुल्दै शीर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । यसअघि आज भएको पहिलो खेलमा कतारलाई हराएको कुवेत पनि ३ खेलबाट ४ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको छ ।
वर्षाले खेल रोकिँदा हङकङले ९ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाएको छ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । हङकङका लागि ओपनर जिसान अलीले २२ बलमा ३० रन जोडे ।
त्यस्तै, अंशी राथले १७ रन तथा निजाकत खानले १३ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । नन्दन यादवले १ विकेट लिए ।
नेपाल हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । हङकङले भने एक खेलमा जीत र एक खेलमा हार बेहोर्दै २ अंक पाएको छ ।
हङकङ तेस्रो स्थान र हालसम्म एक खेलपनि नजितेको कतार चौथो स्थानमा रहेको छ । अब दुई टोली तेस्रो स्थानका लागि भिड्नेछन् ।
फाइनल र तेस्रो स्थानका लागि हुने दुवै खेल आइतबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण