प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले भगौडा दलाल वर्गको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण व्यापार व्यवसाय धराशायी हुदै गएको टिप्पणी गरेका छन् ।
‘वर्तमान सरकार मजदुर, किसान, श्रमजीवीको पक्षपोषण गरिरहेको छैन । भगौडा दलाल वर्गको अभिभावक बनेका प्रधानमन्त्रीजीले भगौडा दलाल वर्गकै नेतृत्व गरिरहेका छन्’, आजपा काठमाडौँ उपत्यका विशेष कमिटीको आज काठमाडौँ, कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै साहले भने, ‘नेपालमा लुटेर विदेशमा पैसा थुपार्ने, विदेश भाग्ने, नेपालको पुँजी विदेश लैजानेलाई प्रधानमन्त्रीले संरक्षण गरिरहेका छन् ।’
सरकारका कारण मुलुकको आर्थिक अवस्था उजाड भएको बताउँदै उनले वर्तमान सरकार रहेसम्म मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । काठमाडौँबाट कवाड व्यवसायी, सानादेखि ठुला व्यापारीलाई लखेट्ने काम हुँदै गर्दा ओली सरकार किन मौन बसेको भन्दै उनले प्रश्न समेत गरे ।
अहिले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, सरकारको मनोमानी कर आतङ्क बढ्दै गइरहेकाले मुलुकको आर्थिक अवस्था धराशायी बन्दै गइरहेको उनले बताए । सानादेखि ठुला व्यापारीहरूलाई लखेट्ने काम सरकारले नै गरिरहेको बताउँदै उनले अब सरकारलाई नै सिंहदरबारबाट लखेट्न आवश्यक रहेको बताए ।
आउँदो १५ जेठमा सिंहदरबार घेराउ गर्ने आजपाले यस अघि नै निर्णय गरिसकेको छ । त्यसभन्दा अघि देशका प्रमुख सहरमा आजपाले खबरदारी सभा एवं विरोध प्रदर्शन गर्दैछ । आम नेपालीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सिंहदरबारबाट लखेट्न आतुर रहेको टिप्पणी उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण