आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगको पदाधिकारीमा जो आए पनि सङ्क्रमणकालीन न्यायको मर्म बुझेको र टुङ्ग्याउने प्रतिबद्धता भएको व्यक्ति आवश्यक रहेको बताए । उनले यसअघि गठन भएको आयोगले पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्न सक्ने हुनुपर्ने बताए ।
उनले सबैले जिम्मेवारी बोधका साथ योगदान गर्न सके सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन सकिने बताए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २५ सय धेरै बेपत्ताका निवेदनहरू रहेको बताए । ज्ञवालीले यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निवेदनहरू अझै आउने क्रममा रहेको समेत बताए । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्ने कुरामा अघि बढ्नुपर्ने समेत उनको भनाइ थियो ।
उपमहासचिव ज्ञवालीले भने, ‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनका लागि जो आयोगमा पदाधिकारी आउँछ । जो आएपछि सङ्क्रमणकालीन न्यायको मर्म बुझेको र त्यो टुङ्ग्याउने कमिटमेण्ट लिएर आउनुपर्छ । किनभने हामीलाई च्यालेन्ज छ । दुई दुई वटा आयोगहरूले आफ्नो कार्य सम्पादन गर्न नसकेको कारणले अब बन्ने आयोगले गर्दछन् भन्ने कुराको विश्वास दिलाउनु नै हाम्रो निम्ति ठुलो चुनौती छ ।’
उनले थप भने, ‘म आग्रह गर्दछु, यसमा सबैले जिम्मेवारी बोधका साथ योगदान गरौँ । ६३ हजार पहिलादेखि नै दर्ता भइसकेको निवेदनहरू छन्, टिआरसीमा । २५ सय धेरै बेपत्तामा छन् । यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निम्ति थप गरेका छौँ । अरू थपिँदैछन् । आफैँमा एउटा ठुलो कुरा छ । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्ने कुरामा हामी जानुपर्छ ।’
उपमहासचिव ज्ञवालीले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन धेरै कुरा गर्न बाँकी रहेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण