मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
शनिबार, ३० चैत २०८१, १९ : ३७
काठमाडौँ । शीर्षस्थानमा रहेको गुजरात टाइटन्स लखनऊ सुपर जायन्ट्ससँग पराजित भएको छ ।
जारी आईपीएलअन्तर्गत शनिबारको पहिलो खेल (समग्रमा २६ औं खेल) मा लखनऊले गुजरातलाई ६ विकेटले पराजित गरेको हो ।
लखनऊको जितमा एइडेन मारक्रम र निकोलस पुरन नायक रहे । मारक्रमले ३१ बलमा ५८ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि पूरनले पनि ३४ बलमा ६१ रन बनाए । यस्तै शार्दुल ठाकुर र रवि बिश्नोईले २–२ विकेट लिए ।
एकाना रंगशालामा गुजरातले ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो। लखनउले २० औँ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
गुजरातका लागि साई सुदर्शनले ५८ र कप्तान शुभमन गिलले ६० रन बनाएका थिए । प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए । लखनउले ६ खेलमा चौथो जित हासिल गरेको हो। जबकि गुजरातले लगातार चार जितपछि खेल हारेको छ । दुवै टोलीको ८/८ अंक भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण