बागमती प्रदेश : उद्योगमा रोजगारीको अवसर घट्दो
मकवानपुर । बागमती प्रदेश अन्तर्गतका जिल्लामा उद्योग क्षेत्रमा रोजगारीको अवसर पाउने दर केही वर्ष यता निरन्तर घट्दै गएको छ । प्रदेशमा सञ्चालित घरेलु तथा साना र अन्य उद्योगमा रोजगारी पाउनेको सङ्ख्या घट्दो देखिएको हो ।
प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका अनुसार प्रदेशमा ५ आर्थिक वर्ष यता उद्योगमा रोजगारीको अवस्था घटिरहेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा मकवानपुर र भक्तपुर बाहेकका ११ जिल्लामा ३४ हजार ६१९ जनाले रोजगारीको अवसर पाएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा सो दर बढेर ४६ हजार ११२ पुगे पनि त्यस यता यो सङ्ख्या घट्दै गएको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा बागमती प्रदेश अन्तर्गत उद्योग क्षेत्रबाट रोजगारीको अवसर पाउनेको सङ्ख्या ३८ हजार २२३ रहेको मन्त्रालयको तथ्याङ्क छ ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० मा यो सङ्ख्या घटेर ३० हजार १२० मा आइपुगेको थियो भने २०८०/०८१ मा २३ हजार ७९४ जनाले उद्योगका क्षेत्रमा रोजगारीको अवसर पाएका थिए ।
मकवानपुर र भक्तपुरमा सञ्चालित उद्योगहरूको विवरण भने हालसम्म सङ्कलन नभएको मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमण, आर्थिक मन्दी तथा राजनीतिक अस्थिरताका कारण उद्योगधन्दाले फस्टाउने अवसर नपाउँदा रोजगारीको अवसर पनि घटिरहेको मन्त्रालयले जनाएको छ । विदेशी ब्राण्डहरूसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न समस्या भएकाले पनि उद्योगहरू फस्टाउन नसकेको मन्त्रालयको बुझाइ छ ।

प्रदेशमा कृषि तथा वन पैदावार उद्योग बढी
बागमती प्रदेशमा कृषि तथा वन पैदावार, ऊर्जा, पर्यटन तथा उत्पादनमुखी र निर्माण सम्बन्धी उद्योग सञ्चालित छन् । प्रदेशमा सेवामुलक, सूचना प्रविधि तथा खनिज सम्बन्धी उद्योग पनि सञ्चालनमा रहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रदेशमा सञ्चालित उद्योगहरूमध्ये सबैभन्दा बढी कृषि तथा वन पैदावार सम्बन्धी उद्योग छन् भने दोस्रोमा सेवामूलक उद्योग रहेको मन्त्रालयको तथ्याङ्क छ । प्रदेशमा उत्पादनमूलक उद्योगको सङ्ख्या तेस्रो स्थानमा छ भने खजिनजन्य उद्योगको सङ्ख्या न्यून रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा १० हजार ९६३ वटा उत्पादनमूलक उद्योग सञ्चालित छन् भने ती उद्योगमा ३९ हजार ३२४ जनाले रोजगारी पाएका छन् । मन्त्रालयका अनुसार कृषि तथा वन पैदावार सम्बन्धी १९ हजार १९४ उद्योगमा ५९ हजार ६९३ जनाले रोजगारी पाएका छन् । ऊर्जा सम्बन्धी ११ उद्योगमा ४२ जनाले रोजगारीको अवसर पाएको मन्त्रालयको तथ्याङ्क छ ।
त्यस्तै निर्माण सम्बन्धी १ हजार १३९ उद्योगमा ५ हजार ३७३ जना, पर्यटनका ४ हजार ४०३ उद्योगमा १३ हजार ७२ जना, खनिज सम्बन्धी ३ र सूचना प्रविधिका ११० उद्योगमा ५०८ जना, सेवामूलक १८ हजार ६७४ उद्योगमा ३७ हजार जनाले रोजगारीको अवसर पाएको मन्त्रालयको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण