आईसीसी यू१९ विश्वकप छनोट : मैदान नसुकेपछि नेपाल र यूएईबिचको खेलमा ढिलाइ
आइतबार, ३१ चैत २०८१, १० : २८
काठमाडौँ । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिता आइतबारदेखि नेपालमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन दुई खेल हुँदै छ । दुबै खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
पहिलो दिनको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । अर्को खेल ओमान र अफगानिस्तानबिच खेलिने छ ।
नेपाल र यूएईबिचको खेल तल्लो मुलपानी मैदानमा खेलिने छ । अफगानिस्तान र ओमानबिचको खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलिने छ । ओमानले टस जिती अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपाल र यूएईबिचको खेलमा भने टस हुन सकेको छैन । तल्लो मुलपानी क्रिकेट मैदानको आउट–फिल्ड भिजेकाले टसमा विलम्ब भएको बताइएको छ । शनिबारको वर्षाका कारण भिजेको आउट–फिल्ड अहिले सुकाउने काम भइरहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण