कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो
काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आयोजक हङ्कङ तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा हङ्कङले कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्यो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो । हङ्कङका लागि ओपनर ब्याट्सम्यान अन्शी रथले सर्वाधिक ९७ रनको योगदान गरे ।
प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनी केवल तीन रनका कारण शतक पुरा गर्नबाट चुके । उनले केवल ६० बलको सामना गरी तीन छक्का र १० चौका पनि हिर्काए । निजाकत खानले पनि २७ रन बनाए ।
जवाफी ब्याटिङमा ओर्लिएको कतारले भने निर्धारित ओभरमा पाँच विकेट गुमाए एक सय ८७ रनमात्र बनाउन सक्यो । जितको अत्यन्तै नजिक पुगेर पनि कतार तेस्रो स्थान हासिल गर्नबाट चुक्यो । कतारका लागि कप्तान इक्रमुल्लाह खानले ५५ रन बनाए । साहजेब जमिलले पनि ४४ रन बनाए । जासिम खान २० रनमा अविजित रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
-
बैंकिङ कसुर मुद्दामा महिला पक्राउ
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण