परिस्थिति पेचिलो र गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८१ साल नेपाली राजनीतिका लागि मिश्रित उत्साहवर्द्धक नरहेको टिप्पणी गरेका छन् । आइतबार चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले १०८१ सालमा केही सकारात्मक र केही नकारात्मक कामहरु भएको बताए ।
‘समग्रमा भन्दा त्यस्तो उत्साहवर्द्धक भएन । धेरै निराशा पनि भएन’, प्रचण्डले भने, ‘राजनीतिक दलहरूलाई राम्रो काम गर्न २०८१ ले ०८२ लाई आधारचाहिँ दिएको छ ।’ नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना कति छ ? भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले सरकारतिर आफूहरूको त्यति ध्यान नभएको बताए ।
‘नयाँ सरकारतिर हाम्रो त्यति ध्यान छैन तर परिस्थिति यस्तो बन्दैछ कि यो सरकार अगाडि जान सहज छैनन् भन्ने कुरा पनि देखिइरहेको छ’, प्रचण्डको भनाइ छ । उनले चौतर्फी असन्तुष्टि र आक्रोश बढेको भन्दै उनले शिक्षकहरू, डाक्टर, लघुवित्त पीडित, सहकारी पीडितहरू आन्दोलनमा रहेको भन्दै सबै राजनीतिक दलहरू पनि झन्डै झन्डै सडकमै रहेको बताए ।
‘परिस्थिति निकै गम्भीर र पेचिलो बनेका छ । नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने लाग्छ’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण