स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्मार्टफोन, कम्प्युटर र केही अन्य विद्युतीय सामग्रीलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यो १ सय २५ प्रतिशत कर लगाइएको चिनियाँ सामग्रीमा समेत लागु हुनेछ ।
अमेरिकी कस्टम एन्ड बोर्डर पट्रोलले यी सामग्रीहरूमा ट्रम्पले विश्वभर लगाएको १० प्रतिशत कर तथा चीनमा लगाइएको विशाल कर लागु हुनेछैन । चीनमाथि लगाइएको करमा ट्रम्पले छुट दिएको यो पहिलो अवसर हो । एक व्यापार विज्ञले यसलाई ‘गमे चेन्जर’ भनेर टिप्पणी गरेका छन् ।
शनिबार राति मियामीतर्फ यात्रा गरिरहँदा ट्रम्पले कर छुटबारे आगामी हप्ताको सुरुवातमा थप जानकारी दिइने बताए । एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । धेरै विद्युतीय सामग्रीहरु चीनमा बन्ने हुँदा अमेरिकी प्रविधि कम्पनीहरूले यसको मूल्य आकासिने चिन्ता जताएसँगै ट्रम्प प्रशासनले यस्तो निर्णय लिएको हो ।
५ अप्रिलको कर छुटको व्यवस्था अनुसार यसमा सेमिकन्डक्टर, सोलार सेल र मेमोरी कार्ड पनि रहेका छन् । यो निर्णयले एप्पल, एनभिडिया, माइक्रोसफ्टजस्ता प्रविधि कम्पनीहरूले राहत महसुस गर्ने बताइएको छ । ह्वाइट हाउसले भने यी विद्युतीय सामग्री अमेरिकामा नै निर्माण गर्नका लागि समय दिन यो निर्णय लिइएको संकेत गरेको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण