स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्मार्टफोन, कम्प्युटर र केही अन्य विद्युतीय सामग्रीलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यो १ सय २५ प्रतिशत कर लगाइएको चिनियाँ सामग्रीमा समेत लागु हुनेछ ।
अमेरिकी कस्टम एन्ड बोर्डर पट्रोलले यी सामग्रीहरूमा ट्रम्पले विश्वभर लगाएको १० प्रतिशत कर तथा चीनमा लगाइएको विशाल कर लागु हुनेछैन । चीनमाथि लगाइएको करमा ट्रम्पले छुट दिएको यो पहिलो अवसर हो । एक व्यापार विज्ञले यसलाई ‘गमे चेन्जर’ भनेर टिप्पणी गरेका छन् ।
शनिबार राति मियामीतर्फ यात्रा गरिरहँदा ट्रम्पले कर छुटबारे आगामी हप्ताको सुरुवातमा थप जानकारी दिइने बताए । एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । धेरै विद्युतीय सामग्रीहरु चीनमा बन्ने हुँदा अमेरिकी प्रविधि कम्पनीहरूले यसको मूल्य आकासिने चिन्ता जताएसँगै ट्रम्प प्रशासनले यस्तो निर्णय लिएको हो ।
५ अप्रिलको कर छुटको व्यवस्था अनुसार यसमा सेमिकन्डक्टर, सोलार सेल र मेमोरी कार्ड पनि रहेका छन् । यो निर्णयले एप्पल, एनभिडिया, माइक्रोसफ्टजस्ता प्रविधि कम्पनीहरूले राहत महसुस गर्ने बताइएको छ । ह्वाइट हाउसले भने यी विद्युतीय सामग्री अमेरिकामा नै निर्माण गर्नका लागि समय दिन यो निर्णय लिइएको संकेत गरेको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने