वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दैछ, सतर्क रहौँ : महाशाखा
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गरेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हाल बागमती प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ । उक्त वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
प्रि मनसुनका समयमा खास गरी हावाहुरीका कारण घरहरू भत्किने, रुखहरू ढल्ने र चट्याङ पर्नेजस्ता घटना हुने भएकाले सजकता अपनाउन महाशाखाले सुझाएको हो ।
नेपालमा चट्याङ लागेर बर्सेनि धेरैको मृत्यु हुने गरेको छ । विगत एक वर्षमा चट्याङबाट ७८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्म देशभर ४१८ वटा चट्याङको घटना भएको छ । यो घट्नाबाट ७८ जनाको मृत्यु र ३०९ जना घाइते भएका छन् ।
नेपालमा खास गरी प्रि मनसुनको समयमा चट्याङ पर्ने गर्दछ । मार्च,अप्रिल र मे महिना अर्थात् मध्ये फागुनदेखि मध्ये जेष्ठ महिनासम्म चट्याङ पर्ने सिजन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण