खैरो हेरोइन सहित समातिएका आरोपी ट्याक्सीबाट ओर्लिएर फरार
आइतबार, ३१ चैत २०८१, १५ : १९
काठमाडौँ । लागु औषध खैरो हेरोइन सहित पक्राउ परेका आरोपी भागेका छन् । शनिवार ललितपुरको हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टबाट पक्राउ परेका २६ वर्षीय प्रमोद शर्मा (ठाकुर) ट्याक्सीबाट ओर्लिएर एकाएक फरार भएका हुन् ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई अपार्टमेन्टको सी ब्लकको तेस्रो तलाको ३०२ नम्बर कोठाबाट पक्राउ गरेको थियो । सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ घर भएका ठाकुर महाराजगन्जतर्फ लैजाँदै गर्दा बाटोबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर बरामद गरेको छ । सो अपार्टमेन्टबाट मोरङ घर भएर काठमाडौँ बस्ने डेनिसा तामाङ र २१ वर्षीया दिव्य शाही पनि पक्राउ परेका छन् ।
फरार आरोपी शर्माको खोजी तीव्र पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण