गभर्नर नियुक्तिमा उमेर हद हटाउनेगरी भएको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा रिट
मंगलबार पेसी तोकियो
आइतबार, ३१ चैत २०८१, १५ : ४०

काठमाडौँ । गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले आइतबार सर्वोच्चमा उमेर हद कायम राख्न माग गर्दै रिट दायर गरेका हुन् ।
रिटमाथि मंगलबार पेसी तोकिएको छ । चैत १८ गते अर्थ मन्त्रालयले ’अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।
यसअघि पदाधिकारी र सदस्य नियुक्तिमा ३० देखि ६५ वर्षको उमेर हदको व्यवस्था रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु