पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
बुटवल । भैरहवामा आजदेखि सुरु गर्ने तयारी गरिएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण वर्षाका कारण सरेको छ। भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा आज दिउँसो १ बजेदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरिएको थियो ।
पानीका कारण खेलाडी फिल्ड जान नसकेको रुपन्देही क्रिकेट सङ्घका कोषाध्यक्ष निरजप्रताप खाँणले रातोपाटीलाई बताए । उनले भने, ‘आज पानीका कारण खेलाडीहरू होटेलबाट निस्केनन् । भोलिदेखि सुरु गर्ने योजनामा छौँ ।’
आगामी मे महिनामा हुने विश्वकप एसिया छनोट खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि २६ सदस्यीय महिला क्रिकेट टिम भैरहवा आएको हो। उनीहरूलाई रुपन्देही क्रिकेट सङ्घले गौतम बुद्ध विमानस्थलमा स्वागत गरेको थियो।
भैरहवामा यसअघि पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण पनि भएको थियो। लगत्तै महिला टिमको बन्द प्रशिक्षण हुँदैछ। मे महिनामा थाइल्यान्डमा एसिया क्षेत्रको छनोट खेल हुँदैछ। यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ भने दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवामा हुन लागेको हो।
इन्दु बर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टिम वैशाख १७ गतेसम्म बन्द प्रशिक्षणमा रहने र प्रशिक्षणपछि थाइल्यान्ड प्रस्थान गर्ने रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण