सीपीसी र माओवादी सुदुरपश्चिम प्रदेशबीच आपसी सहयोगबारे सम्झौता
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) चोङकिङ नगर समिति स्कुल र नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिति स्कुलबिच आपसी सहयोग आदानप्रदान तथा सहकार्य गर्ने सम्झौता भएको छ ।
आइतबार चोङकिङस्थित पार्टी स्कुलमा आयोजित समारोहमा दुई पार्टीबिच पाँच बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।
समारोहलाई सम्बोधन गर्दै माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले एमओइमा हस्तार भएपछि दुई पार्टीविचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
यस्ता सम्बन्धले दुई पार्टीबिच राजनीतिक, बैचारिक आदानप्रदान हुनुका साथै क्षेत्रीय सहयोग, आर्थिक याजना तथा समाजवादी क्रान्तिमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे शर्माले चिनियाँ कम्युनिस्ट पार्टी अन्तराष्ट्रिय विभागले दिएको प्रशिक्षणबाट चीनले दिएको आर्थिक प्रगति,समाजवादी लोकतन्त्र, गाउँस्तरमा पार्टी र जनताबिवचको सम्बन्धबारे राम्रो जनाकारी प्राप्त भएको तथा चीनको पुर्वाधार विकासबाट आफु निकै प्रभावित बनेको बताए ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तराष्ट्रिय विभागका निर्देशक चाङ जु जिङले नेपाल र चीनबिच सम्बन्ध कायम भएको ७० बर्ष पुगेको अवसरमा भएको यस भ्रमणले दुई पार्टीको सम्बन्ध थप प्रगाढ भएको बताए ।
उनले चोङकिङ र नेपालको भुगोल, हावापानी उस्तै उस्तै भएको चर्चा गर्दै यस्ता प्रशिक्षणबाट चीन र नेपालबिचको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।
पाँच दिनको भ्रमणमा चोङकिङको पुर्वाधार, पर्यटन, कृषि तथा ऐतिहासिक स्थलहरुको नेपाली टोलीले प्रत्यक्ष अवलोकन गरेको छ ।
तीन सेसनमा प्राध्यापकहरुले चीनले गरेको प्रगति र पार्टी र जनताबिचको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिएका थिए । नेपाली टोली चोङकिङ भ्रमण सकाएर सोमबार सान्सी प्रदेश जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण