प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
काठमाडौँ । फेक आईडी बनाएर चरित्र हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोरखा जिल्ला घर भई वैदेशिक रोजगारीमा रहेकी युवतीलाई घर फर्किन लाग्दा त्रिभुवन विमानस्थलबाट हिजो शनिबार पक्राउ गरेको जनाएको छ ।
सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रही विवाह गर्नेसम्म योजना बनाएको र पछि सम्बन्धमा दरार उत्पन्न भएपछि ती महिलाले मिल्दोजुल्दो फेसबुक आईडी बनाएर आफ्नो र परिवारको चरित्र हत्या गरेको एक पुरुषले उजुरी दिएका थिए ।
ती युवतीले आफ्नो र परिवारलगायत श्रीमती र नजिकका आफन्तहरूको समेत निरन्तर चरित्र हत्या गरेको ती पुरुषले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उक्त फेक आईडीबाट युवतीले अपाच्य शब्द प्रयोग गरी चरित्रहत्या गर्ने गरेको ती पुरुषले निवेदनमा लेखेका छन् ।
ती युवतीउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा मुद्दा चलाइने प्रहरीको तयारी छ ।
२०८० साल पुस ३ गते ती पुरुषले मुद्दा दर्ता गरेपछि युवतीलाई प्रहरीले फरार सूचीमा राखेको थियो । यसै क्रममा इन्टरपोलमार्फत रेड नोटिस जारी गरी र वैदेशिक रोजगारीबाट फर्कने क्रममा प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा पक्राउ गरेको हो ।
उनलाई आज आइतबार अदालती कारबाहीका जिल्ला अदालत काठमाडौं पेस गरिएको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण