प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती

काठमाडौँ । फेक आईडी बनाएर चरित्र हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोरखा जिल्ला घर भई वैदेशिक रोजगारीमा रहेकी युवतीलाई घर फर्किन लाग्दा त्रिभुवन विमानस्थलबाट हिजो शनिबार पक्राउ गरेको जनाएको छ ।
सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रही विवाह गर्नेसम्म योजना बनाएको र पछि सम्बन्धमा दरार उत्पन्न भएपछि ती महिलाले मिल्दोजुल्दो फेसबुक आईडी बनाएर आफ्नो र परिवारको चरित्र हत्या गरेको एक पुरुषले उजुरी दिएका थिए ।
ती युवतीले आफ्नो र परिवारलगायत श्रीमती र नजिकका आफन्तहरूको समेत निरन्तर चरित्र हत्या गरेको ती पुरुषले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उक्त फेक आईडीबाट युवतीले अपाच्य शब्द प्रयोग गरी चरित्रहत्या गर्ने गरेको ती पुरुषले निवेदनमा लेखेका छन् ।
ती युवतीउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा मुद्दा चलाइने प्रहरीको तयारी छ ।
२०८० साल पुस ३ गते ती पुरुषले मुद्दा दर्ता गरेपछि युवतीलाई प्रहरीले फरार सूचीमा राखेको थियो । यसै क्रममा इन्टरपोलमार्फत रेड नोटिस जारी गरी र वैदेशिक रोजगारीबाट फर्कने क्रममा प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा पक्राउ गरेको हो ।
उनलाई आज आइतबार अदालती कारबाहीका जिल्ला अदालत काठमाडौं पेस गरिएको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर