पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध

काठमाडौं । भारतीय नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमै विरोध गरेका छन् ।
भारतमा आयोजित नेकपा माओवादी केन्द्रनिकट भारत नेपाली एकता मञ्चको कार्यक्रममा बोल्दै भारतीय कम्युनिष्ट पार्टी सिपिआई एमएल लिव्रेसन नेता पुरुषोत्तम शर्माले मसानघाटमा पुर्याइएको राजतन्त्रको भारतमै विरोध गरेका हुन् ।
नेपाल सार्वभौम देश भएको बताउँदै जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्ने बताए । आत्मसमर्पणवादी नीति नरेन्द्र मोदी सरकारले लिएको उनले बताए । सिपिआई एमएल लिव्रेसन केन्द्रीय सदस्य रमेश शर्माले नेपालमा राजतन्त्र आउनै नसक्ने बताए । उनले गणतन्त्र पक्षधर एक हुनुपर्ने समेत बताए ।
लोक संग्राम मोर्चाका अध्यक्ष तारा सिंहले ठूलो क्रान्ती गरेर गणतन्त्र आएको बताए । उनले मोदी सरकार किसान विरोध भएको समेत बताए ।
आम आदमी पार्टीका सांसद रोमण अवडाले नेपाली श्रमिकको पक्षमा भएको बताए । पुररुत्थानवादीप्रति समेत हुन उनले आग्रह गरे । ज्ञानेन्द्र शाहलाई राजतन्त्रको सपना नदेख्न आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक