६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
काठमाडौँ । काठमाडौँका पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुट्ने समूहलाई प्रहरीले डाँकाचोरी मुद्दामा अनुसन्धान थालेको छ । चैत २७ मा एउटा समूहले काठमाडौं–३२ स्थित मनहरा टाउन प्लानिङमा काठमाडौँको बौद्ध घर भएका ४२ वर्षीय रितेश लामालाई लुटपाट गरेका हुन् ।
लुटमा संलग्न १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ स्थित छाप्रो घर भएर तार्केश्वर बस्ने २३ वर्षीय राज पराजुली, रामेछापको खाँडादेवी–४ घर भएका २३ वर्षीय प्रभास केसी, खाँडादेवी–८ घर भएर गोठाटार बस्ने २० वर्षीय राजेश भण्डारी, खाँडादेवी–४ घर भएका २८ वर्षीय सार्की माझी र सोलुखुम्बु घर भएर कोटेश्वर बस्ने २६ वर्षीय कुशल बस्नेत छन् ।
त्यस्तै लुटमा संलग्न आरोपमा काभ्रेको रोशी घर भएका ३५ वर्षीय रञ्जित लामा, काठमाडौँ– ३२ घर भएका २१ वर्षीय सुयोज लामा, रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका राजु मगर, रमेशबहादुर मगर, रुपक थापामगर, सागर मगर, काभ्रेको नमोबुद्ध घर भएका ३३ वर्षीय दावा लामा, काभ्रेको रोशी गाउँपालिका घर भएका बाबु तामाङ, काभ्रेको मण्डन देउपुर घर भएका २६ वर्षीय सुजन लामा र सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका ३६ वर्षीय रिबेल कुमार तामाङ छन् ।
साँझ ८ बजे नवराज खनाल भन्ने व्यक्तिले जग्गा बैना गर्ने भनेर बोलाएर आफूलाई लुटपाट गरेर रितेश लामाले प्रहरीलाई बताएका छन् । आरोपीहरुबिरुद्ध डाँकाचोरी मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण