‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले नववर्षलाई विगतको समीक्षा गर्ने र भविष्यको मार्गदर्शन तय गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिनु पर्ने उल्लेख गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारले जनचाहनाअनुसार सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचार विरुद्ध रणनीतिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन थालेको बताएका छन् । संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनका लागि सरकारले विविध नीति तथा कार्यक्रममार्फत निरन्तर प्रयास गरिरहेको जनाएका छन् ।
उनले जनताको विश्वास र भरोसाको सरकार बनाउने दिशामा प्रदेश सरकार दृढताका साथ अघि बढिरहेको उल्लेख गरेका छन् । स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको विकासलाई प्रोत्साहन गर्न नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उनले शून्य संरचनाबाट सुरु भएको प्रदेशलाई संस्थागत गर्दै सबल, सक्षम र जनउत्तरदायी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल गरिएको बताए ।
उनले नयाँ वर्ष २०८२ सबैमा न्याय, समानता, अवसर र गरिमामय जीवनको प्रत्याभूति दिलाउने सभ्य र समुन्नत समाज निर्माणका लागि प्रेरणा बनोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण