रुससँग सम्झौता गर्नुअघि जेलेन्स्कीले दिए ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो
सोमबार, ०१ वैशाख २०८२, १७ : १०
काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन् । जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताएका हुन् ।
उनी भन्छन्, “कृपया कुनै पनि निर्णय, कुनै पनि छलफल अघि, यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस् ।“
जेलेन्स्कीले सीबीएस न्यूजको ’६० मिनेट’ कार्यक्रममा यी कुराहरू भनेका हुन्। यो अन्तर्वार्ता आइतबार युक्रेनी शहर सुमीमा रुसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो ।
यस आक्रमणमा २ बालबालिका सहित ३४ जनाको मृत्यु भएको थियो । यसबाहेक ११७ जना घाइते पनि भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण