विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण सहित राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् ।
सोमवार नगरकोट भ्रमण वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र रहेको पनि बताए ।
उनले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हुने जिकिर गरे । उनले काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइ स्थल हो नगरकोट भएको बताए ।
पर्यटन पूर्वाधारको बिस्तार र सहज आगमनको लागि सडक स्तरोन्नति गर्न ध्यान दिनुपर्ने बताउनु भयो । सांस्कृतिक, आर्थिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने बताए ।
उनले भने,‘जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण सहित राष्ट्र निर्माणमा जुट्न प्रेरणा दिओस् । विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्रले यसबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने मैले विश्वास लिएको छु । काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइ स्थल हो नगरकोट ।’
राष्ट्रपति पौडेलले नगरकोटले देश विदेशमा नेपाललाई चिनाउन मद्दत गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण