‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाधानमुखी पत्रकारिताको बाटोलाई अँगाल्न समस्त मिडिया जगतलाई सुझाव दिएका छन् । समाधानमुखी र रचनात्मक पत्रकारिताको विकास नहुँदा समाजमा निराशा छाएको उनको टिप्पणी छ ।
‘हरेक क्षेत्रमा प्रणाली बलियो बनाई सोही अनुसार काम गर्न हामी सृजनात्मक र रचनात्मक हुन सकेका छैनौँ । समाधानमुखी होइन, समस्यामुखी बन्यौँ । भएका र गरेका कामको चर्चा समेत गरेनौँ । त्यसका लागि मिडिया र सामाजिक सञ्जालको समेत सही प्रयोग गर्न चाहेनौँ,’ नयाँ वर्षको अवसरमा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपाली मिडियाको नियामक निकाय काउन्सिलका प्रमुख बस्नेतले नयाँ वर्षबाट त्याग्नुपर्ने र सुरुवात गर्नुपर्ने काम धेरै रहेको उल्लेख गर्दै नेपालमा केही हुँदैन भन्ने भाष्य त्याग्नुपर्ने धारणा राख्नुभएको छ ।
‘त्याग्नुपर्ने धेरै कुरा छन् । सुरुवात गर्नुपर्ने र कतिपय थाहा भएका कुरा समेत महसुस गरेर, सच्चिएर अघि बढ्नुपर्ने थुप्रै काम छन् । अरूलाई नराम्रो देख्ने, आफ्नो समीक्षा नगर्ने प्रवृत्ति हटाउनुपर्नेछ,’ अध्यक्ष बस्नेतले लेखेका छन्– ‘प्रणाली र व्यवस्थाको दृष्टिले नेपाल उत्तम छ । तर, हामीले त्यसलाई उपयोग र स्थापित गर्न सकेका छैनौँ ।’
उनले आशाको किरण रोक्न र नेपालमा कहिले केही हुँदैन भन्ने निराशाको खेती फैलाउन नहुनेतर्फ सबै सजग हुनुपर्ने धारणा राखेका छन् ।
‘केही हुँदैन भन्ने चिन्तन र प्रवृत्ति नयाँ वर्षबाट त्यागेर, हामी मिलेर समृद्ध नेपाल बनाउन सक्छौँ भन्ने प्रण गर्न जरुरी छ । सामाजिक सञ्जालसहितका मिडियाले पनि अब के भएन मात्र होइन, किन भएन ? त्यसको समाधान के हुन सक्छ ? भएका राम्रा काम के के हुन् ? अब गर्नुपर्ने काम के हुन् भनेर औँल्याउनुपर्ने बेला आएको छ,’ अध्यक्ष बस्नेतको धारणा छ ।
देशका सम्भावना बोकेका युवालाई बाहिर धकेलिरहने हैन, बाहिर बसेकालाई समेत फर्कने वातावरण बनाउन जरुरी भइसकेको उल्लेख गर्दै उनले लेखेका छन्– ‘देश अरूले बनाइदिने होइन, बरु नेपाली जहाँ रहे पनि एकापसमा मिल्दा सम्भावना छ । त्यसैले, सकारात्मक सोचौँ । नकारात्मकता हटाऔँ । आलोचनात्मक चेत राखौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण