आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?
मङ्गलबार, ०२ वैशाख २०८२, ११ : ५८
वासिङ्टन डिसी । इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘इरान हामीसँग सम्झौता गर्न चाहन्छ, तर उनीहरूलाई थाहा छैन कसरी ? हामीहरू शनिबार भेटका थियौँ । अर्को शनिबार अर्को बैठक हुँदैछ ।’
उनले यस मामिलामा आवश्यक पर्यो भने अमेरिका कडा कदम चाल्न तयार रहेको समेत बताए । ‘यिनीहरू कट्टरपन्थी मानिस हुन्, उनीहरूसँग आणविक हतियार हुनुहुँदैन’ ट्रम्पले बताए ।
आणविक मुद्दामा अमेरिका र इरानबिच शनिबार बैठक भएको थियो भने अर्को बैठक आउँदो शनिबार ओमानमा हुनेछ । यो सम्झौता भयो भने इरान विरुद्धको अमेरिकी प्रतिबन्धहरू खुकुलो हुन सक्ने समाचारहरूमा जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण