नयाँ वर्षको पहिलो दिन ‘पिताम्बर’को उत्साहजनक व्यवसाय
काठमाडौँ । हरेक नयाँ वर्ष फिल्मको व्यवसायका लागि राम्रो मानिँदै आएको छ । त्यसैले पनि निर्माताहरू यो समय फिल्म रिलिजका लागि तँछाडमछाड गर्छन् ।
नयाँ वर्ष २०८२ को पहिलो दिन अर्थात शनिवार नेपाली फिल्मको व्यवसाय राम्रो देखियो । नयाँ वर्षको अवसर पारेर रिलिज भएका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ मध्ये शनिवार ‘पिताम्बर’को व्यवसाय राम्रो देखिएको हो । फिल्मले देशभर उत्साहजनक व्यवसाय गरेको छ । फिल्मको अधिकांश हलमा बिहानदेखिका दर्शक अकुपेन्सी उच्च रहेको थियो । बेलुकीसम्मका शोको बुकिङ राम्रो देखिन्छ ।
प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई लगायतका स्टार एउटै फिल्ममा भएकाले ‘पिताम्बर’ प्रति दर्शकको आकर्षण देखिएको हो । फिल्ममा दर्शक मात्र देखिएको होइन प्रतिक्रिया पनि राम्रो मिलेको निर्देशक कृषा चौलागाइले बताइन् ।
देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सकी महाप्रबन्धक तृप्ति गिरी आफ्ना हलहरूमा ‘पिताम्बर’ले शनिवार राम्रो व्यापार गरेको जानकारी दिइन् ।
‘पिताम्बर’सँगै एकसाथ रिलिज भएको विपिन कार्की अभिनीत ‘कर्मा’ले भने अपेक्षित व्यापार गर्न सकेका छैन । सौरभ चौधरी निर्देशित यो फिल्ममा विपिनका साथ उपासना सिंह ठकुरी, मुकुन भुसाल लगायतको अभिनय छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण