अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
नयाँ दिल्ली । दिल्ली प्रहरीले वैध भिसा बिना भारतमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई पक्राउ गर्न थालेको छ । यसै नीति अन्तर्गत दिल्ली प्रहरीको टोलीले वैध भिसा बिना भारतमा बसेको आरोपमा दुई बङ्गलादेशी सहित १५ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
यिनीहरूविरुद्ध थप कानुनी कारबाही भइरहेको बताइएको छ । दिल्ली प्रहरीले मोहन गार्डेन र उत्तम नगर क्षेत्रमा यस्ता अवैध विदेशी नागरिकहरूलाई पक्राउ गर्न विशेष अभियान चलाएको थियो ।
यस अवधिमा दुई बङ्गलादेशी बाहेक १२ नाइजेरियाली र आइभरी कोस्टका एक नागरिकलाई पनि पक्राउ गरिएको छ । यिनीहरू वैध भिसा बिनै भारतमा धेरै समय बसेको प्रहरीले बताएको छ ।
यसरी पक्राउ गरिएकाहरूलाई हिरासत केन्द्रमा पठाइएको छ । प्रमाणीकरण पछि विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)ले उनीहरूलाई देश निकालाको आदेश दिएको छ । यिनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण