नेप्से परिसूचक २७.१४ अंकले वृद्धि, कारोबार रकम पनि वृद्धि
काठमाडौं । २०८२ सालको पहिलो र साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएको छ । २०८१ को अन्तिम कारोबार दिन आईतबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ ।
गत साताको अन्तिम कारोबार दिन ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा झरेको थियो ।
तर नयाँ वर्षको पहिलो कारोबारका दिन मंगलवार भने नेप्से परिसूचकमा हरियाली छाएको छ । नयाँ वर्षको सुरुवात कारोबार सकात्मक संकेत गरेको छ ।
मंगलवार नेप्से २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द आएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । मंगलबार कारोबारमा आएका ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत आइतबार ६ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको थियो । १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक २.७१ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक करिब साढे २ प्रतिशत,वित्त, जलविद्युत, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढ्दा व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ ।
मंगलबार ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ ।
तर,यता कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य ९.६९ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा बाराही हाइड्रोपावर कम्पनीको २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण