कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सुशासनयुक्त सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
नेपाल निजामति कर्मचारी संगठनको मन्त्रालय स्तरीय विभागीय समितिले मंगलबार आयोजना गरेको शुभकामना कार्यक्रममा उनले सरकारको कार्य सम्पादन र प्रभाव कर्मचारीको सेवा प्रवाहमा निर्भर हुने भएकाले छिटो, छरितो र सुशासनयुक्त सेवा दिन आग्रह गरेका हुन् ।
त्यसक्रममा उनले कर्मचारीहरुको वृति विकास र सुविधालाई सरकारले प्राथमिकता दिने उल्लेख गर्दै राज्यले दिएको जिम्मेवारी समेत नभुल्न सुझाव दिए ।
विकास निर्माणलाई प्रभावकारी र द्रुत बनाउने बेला आएको भन्दै राजनीतिक नेतृत्वले मात्र नभई प्रशासनिक नेतृत्व र कर्मचारीहरुको समेत संयुक्त प्रयासले मात्र सो सम्भव हुने बताए । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माण, सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिए ।
सोहि कार्यक्रममा संगठनको विभागीय समितिले प्रकाशन गरेको क्यालेन्डर सार्वजनिक गरियो भने संगठनको गत फागुनमा सम्पन्न महाधिवेशनबाट निर्वाचित समितिलाई सम्मान सहित बधाई ज्ञापन गरिएको थियो ।
विभागीय समितिका अध्यक्ष प्रमोद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भवानी दाहाल सहितका कर्मचारी नेताहरुले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण