ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’

काठमाडौंँ । फिल्म ‘भूठान : घर हराएको कथा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा राजनीतिक परिस्थितीले घरबारविहिन हुन बाध्य शरणार्थीको कथा बोल्छ ।
३ मिनेट लामो ट्रेलर फिल्मको मुख्य पात्र हरिंबंश आचार्य (विष्णुबहादुर केसी)को आत्मपरक र वस्तुपरक यात्रामा छ ।
ट्रेलरमा हरिवंशको अलवा र अमेरिकी अभिनेता ब्रुस डर्न पनि देखएका छन् । फिल्मको निर्देशन विनोद पौडेलले गरेका हुन् । ‘साँघुरो’ लेखन र ‘बुलबुल’ निर्देशन गरेका पौडेलको ‘भुटान’ दोस्रो फिलम हो ।
फिल्ममा हरिवंशको अलवा अदिती प्याकुरेल, दयाहाङ राई, ऋचा घिमिरे, पूजा चन्द, अनुराधा मजुमदार, विमल सुवेदी लगायतको अभिनय छ ।
म्याड मंकी फिल्म्सको प्रस्तुतिमा ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट एलएलसी, एभरेस्ट इन्टरटेनमेन्ट युएसए र अवेकन प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म १२ बैशाखबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध
-
एनआरएनएका सबै पक्षलाई डा. शेष घलेले गराएको एकता महाधिवेशनमा जोडिन परराष्ट्रमन्त्रीको सुझाव
-
‘वाटर कलर ओडिसी’ : तीन देशका कलाकारको क्यानभासमा आ–आफ्नै पहिचान
-
सडक सुरक्षाका लागि बहुपक्षीय समन्वय आवश्यक छ : मन्त्री दाहाल
-
कुशल मल्ललाई हटाएर नेपाली क्रिकेट टोलीको घोषणा
-
मुस्लिम समुदायका लागि सरकारी सेवामा आरक्षण र शिक्षामा समान अवसर सुनिश्चित : मुख्यमन्त्री आचार्य