ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डेलाई बोलाएरै भेटेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले पाण्डेलाई नयाँ वर्षको शुभकामना दिन सोमबार फोन गरेर मंगलबार भेट्न आग्रह गरेका थिए ।
सोहीअनुसार पाण्डे मंगलबार ओलीलाई भेट्न बालुवाटार पुगिन् । भेटका क्रममा ओलीले पाण्डेसँग आधा घण्टाभन्दा बढी कुराकानी गरेका थिए । कुराकानीका क्रममा पाण्डेले पार्टीले गरेको भनिएको निलम्बनबारे चासो राख्दै चिठी नै नपाएको बताएकी थिइन् ।
बालुवाटार स्रोतका अनुसार पाण्डेले निलम्बनको पत्र नै अहिलेसम्म नपाएको र कहिलेदेखि फुकुवा हुन्छ भन्ने नै आफूलाई थाहा नपाएको भनेपछि ओलीले आश्चार्य व्यक्त गरेका थिए । बरु पाण्डे नेतृत्वको विभागले गर्नुपर्ने काम 'गजब थियो' भन्दै ओलीले अहिले बरु हुन सकेन भनेका थिए ।
‘ए होर ! चिठी नै पाएको छैन ?’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘चिठी नै नपाए त कारबाही नै हुँदैन नि !’ पाण्डेले ओलीसँग भेट भएको स्वीकार गर्दै भेटका क्रममा आफूले लेखेको पुस्तक भुइँमान्छेले दिएको पनि बताइन् ।
गत पुस १० गते बसेको सचिवालय बैठकबाट डा. पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन र पूर्वउपाध्यक्ष डा.भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीले निष्काशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण