टिपरको ठक्करबाट घाइते बालिकाको मृत्यु
मङ्गलबार, ०२ वैशाख २०८२, १९ : ५८
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका-३ चाँपेपिपलबोटस्थित भित्री सडकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट गम्भीर घाइते एक बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार दिउँसो करिब ३: १५ बजे रविओपीबाट पाँचखालतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क १८४५ नम्बरको टिपरले शक्ति परियारकी ४ वर्षीया छोरी आरिका परियारलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते उनलाई तत्कालै पाँचखाल पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
दुर्घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण