एनएसएलमा पोखराको सहज जित
मङ्गलबार, ०२ वैशाख २०८२, २० : ५६
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।
मंगलबार साँझ भएको खेलमा पोखरा २–० गोलले विजयी बनेको हो ।
खेलको सुरुवातमा नै पोखराले अग्रता लिएको थियो । नवौँ मिनेटमा नै आयुश घलानले पोखराका लागि पहिलो गोल गरे । पहिलो हाफमा त्यसपछि थप गोल हुन सकेन ।
दोस्रो हाफमा टोलीले अग्रता दोब्बर बनायो । यसपटक ५८ औँ मिनेटमा विलियम वियासीले पोखराका लागि दोस्रो गरे ।
प्रतियोगितामा टोलीको यो दोस्रो जित हो । जितसँगै टोली तेस्रो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण