सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
सारांश
- यस साता ५२.६२ अङ्कले घटेको सेयर बजारको पुँजीकरण ८७ अर्बले घटेको छ।
- साताको सुरुवातमा बजार घटे पनि मङ्गलबार बढेको थियो, तर त्यसपछिका तीन दिन लगातार ओरालो लाग्यो।
- नेपाल धितोपत्र बोर्डले सुधारका काम भइरहेको बताए पनि बजारमा सकारात्मक प्रभाव देखिएन।
काठमाडौँ । यस साता सेयर बजारमा निराशाजनक प्रवृत्ति देखिएको छ। उपलब्ध ६ दिनको कारोबार तथ्याङ्कलाई हेर्दा बजार जम्मा एक दिन मात्र बढेको छ भने बाँकी ५ दिन सूचक ओरालो लागेको छ।
अघिल्लो कारोबार दिनमा २६५३.४० विन्दुमा रहेको बजार सूचक, यस साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा २६००.७८ विन्दुमा झरेको छ। यसरी हेर्दा समग्र सातामा बजार करिब ५२.६२ अङ्कले घटेको छ।
साताको सुरुवात (सोमबार) मा नै बजार २६.२९ अङ्कले घटेर २६२७.११ विन्दुमा बन्द भएको थियो। तर, त्यसको भोलिपल्ट मङ्गलबार भने बजारमा सकारात्मक प्रभाव देखियो। उक्त दिन बजार २४.५७ अङ्कले बढेर २६५१.६८ विन्दुमा पुगेको थियो। यो नै यस साताका लागि बजार बढेको एक मात्र दिन रह्यो।
त्यसपछिका लगातार तीन दिन बजार राताम्मे भयो। बुधबार साताकै सबैभन्दा ठुलो गिरावट यसै दिन भयो। बजार ३०.०९ अङ्कले घटेर २६२१.५९ मा झर्यो।
बिहीबार गिरावटले निरन्तरता पाउँदै बजार १९.६७ अङ्कले घट्यो। साताको अन्तिम दिन शुक्रबार बजारको भारी गिरावट रोकिए पनि सूचक सामान्य १.१३ अङ्कले घटेर २६००.७८ को विन्दुमा बन्द भएको छ।
बजार घटे पनि कारोबार रकम भने औसतमा ३ अर्बको हाराहारीमा रहेको छ। बजार सबैभन्दा धेरैले बढेको दिन बुधबार बजार साताकै धेरै ३ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यसैगरी, सबैभन्दा बढी अङ्कले बजार घटेको दिन बिहीबार साताकै सबैभन्दा कम २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। साताको अन्तिम दिन शुक्रबार भने ३ अर्ब ८ करोड माथिको कारोबार भएको तथ्याङ्कले देखाउँछ।
बजार घटेसँगै यो अवधिमा सेयर बजारको पुँजीकरण समेत घटेको छ । यो अवधिमा बजार ८७ अर्बले घटेको हो ।
गत शुक्रबार नेपाली सेयर बजारको कुल पुँजीकरण ४५ खर्ब ५९ अर्ब रुपैयाँ रहेको थियो । अहिले शुक्रबार अन्तिम कारोबार हुँदा बजार घटेर ४४ अर्ब ६८ करोडमा झरेको हो ।
बजार निरन्तर घटेपछि बिहीबार नेपाल धितोपत्र बोर्डले आफूहरूले सेयर बजारमा ठुलो रिफर्म ल्याउने गरी काम गरिरहेको भन्दै लगानीकर्ताहरूलाई नआत्तिन आह्वान गरेको थियो । तर, यो आह्वानलाई समेत बजारले पत्याएन । शुक्रबार पनि बजार सामान्य घटेरै बन्द भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण