देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
शुक्रबार, २६ असार २०८३, १८ : ३०
सारांश
- नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउन ६ गते प्रज्ञा प्रतिष्ठानमा बीपी स्मृति दिवसको कार्यक्रम गर्ने निर्णय गरेको छ।
- सो कार्यक्रममा नेता डाक्टर शेखर कोइराला पनि सहभागी हुनेछन्।
- यसैगरी, सोही दिन राष्ट्रिय भेला आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने निर्णय गरेको छ।
शुक्रबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको समूहमा आबद्ध पार्टीका पूर्व पदाधिकारीहरूको बैठकले साउन ६ गते प्रज्ञा प्रतिष्ठान मा बीपी स्मृति दिवसको कार्यक्रम गर्ने निर्णय गरेको नेता डाक्टर प्रकाश शरण महतले जानकारी दिए।
कार्यक्रममा नेता डाक्टर शेखर कोइराला पनि सहभागी हुने डाक्टर महतले बताए त्यही दिन साउनभित्र सम्पन्न गर्ने गरी राष्ट्रिय भेला आह्वान हुने पनि नेता महतले बताए।
बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पूर्व उपसभापति बिमलेन्द्र निधि विजयकुमार गच्छदार पूर्व महामन्त्रीहरू कृष्णप्रसाद सिटौला डाक्टर शशाङ्क कोइराला डाक्टर महत लगायतका नेताहरू सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण