मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट

मङ्गलबार, ०२ वैशाख २०८२, २१ : १२
मङ्गलबार, ०२ वैशाख २०८२

एजेन्सी । जारी आईपीएलको ३१ औं खेलमा पञ्जाब किंग्स केवल १११ रनमा अलआउट भएको छ ।

मंगलबार मुल्लानपुरको महाराजा यादविन्द्र सिंह रंगशालामा पञ्जाबले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोली १५.३ ओभर मात्र टिक्न सक्यो । कोलकाता नाइट राइडर्सका हर्षित राणाले ३ विकेट लिए । सुनिल नारिन र वरुण चक्रवर्तीले २-२ विकेट लिए ।

पञ्जाबका लागि प्रभसिमरन सिंहले ३०, प्रियांश आर्यले २२ र शशांक सिंहले १८ रन बनाए । कोलकाताका लागि एनरिक नोर्ट्या र वैभव अरोराले पनि १-१ विकेट लिए । एक ब्याट्सम्यान रन आउट भए । पञ्जाबले प्रतियोगिताको १८ औं सिजनको दोस्रो सबैभन्दा कम स्कोर बनायो । 

यसअघि चेन्नई सुपर किंग्सको टोलीले पनि कोलकाताविरुद्ध १०३ रन मात्र बनाउन सकेको थियो । 

१६ औं ओभरमा पञ्जाब किंग्सले पनि आफ्नो ९ औं विकेट गुमायो । ओभरको पहिलो बलमा वैभव अरोराले गुड लेन्थमा इनस्विंगर बलिङ गरे । बल शशांक सिंहको प्याडमा लाग्यो, केकेआरले एलबीडब्ल्यूको लागि अपील गर्‍यो र अम्पायरले निर्णय आउट दिए । 

पञ्जाब किंग्सले १४ औं ओभरमा १०० रन पूरा गर्‍यो । ओभरको तेस्रो बलमा शशांक सिंहले एक्स्ट्रा कभरमा छक्का प्रहार गरे । यससँगै उनले टोलीको शतक पनि पूरा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप