मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
सङ्खुवासभा । विश्वको पाँचौँ अल्लो मकालु शिखर मकालु हिमाल आरोहण गर्ने कान्छी आरोही सम्मानित भएकी छन् । सङ्खुवासभाको मकालु गाउँपालिका–२ नूर्व गाउँकी २८ वर्षीया किप्पा लामु शेर्पा सम्मानित भएकी हुन् ।
सदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाबीच मकालु–२ नूर्व गाउँकी किप्पा शेर्पालाई मकालु गाउँपालिका–२ ले सम्मान गरेको मकालु–२ का वडाध्यक्ष छोपाल शेर्पाले बताए । शेर्पाले आठ हजार चार सय ८५ मिटर उचाइको विश्वको पाँचौँ अग्लो मकालु हिमाल अप्रिल १० अर्थात् चैत २८ गते १० बजेर १० मिनेटमा सफल आरोहण गरेकी थिईन् ।
शर्पामाले मकालु हिमालको बाटो बनाउने क्रममा नौ जनाको टोलीसहित सफल आरोहण गरेकी थिईन् । २०५३ माघ १५ गते नूर्व गाउँमा जन्मिएकी शेर्पाको श्रीमान् र चार दाजुभाइसमेत आरोही हुन् ।
उनीहरूको विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल सफल रूपमा आरोहण गरिसकेको कारण आपूmलाई प्रेरणा मिलेको उनले बताईन् ।
एक वर्षअघि ४५ दिन मकालु आधार शिविरमा बसेको अनुभव सगालेपछि यो पटक मकालु आरोहण गर्न सफल भएको शेर्पाले बताईन् । मकालु गाउँपालिकामा दुई दर्जन बढी आरोही रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण