मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित

मङ्गलबार, ०२ वैशाख २०८२, २३ : ३०
मङ्गलबार, ०२ वैशाख २०८२

सङ्खुवासभा । विश्वको पाँचौँ अल्लो मकालु शिखर मकालु हिमाल आरोहण गर्ने कान्छी आरोही सम्मानित भएकी छन् । सङ्खुवासभाको मकालु गाउँपालिका–२ नूर्व गाउँकी २८ वर्षीया किप्पा लामु शेर्पा सम्मानित भएकी हुन् । 

सदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाबीच मकालु–२ नूर्व गाउँकी किप्पा शेर्पालाई मकालु गाउँपालिका–२ ले सम्मान गरेको मकालु–२ का वडाध्यक्ष छोपाल शेर्पाले बताए । शेर्पाले आठ हजार चार सय ८५ मिटर उचाइको विश्वको पाँचौँ अग्लो मकालु हिमाल अप्रिल १० अर्थात् चैत २८ गते १० बजेर १० मिनेटमा सफल आरोहण गरेकी थिईन् ।  

शर्पामाले मकालु हिमालको बाटो बनाउने क्रममा नौ जनाको टोलीसहित सफल आरोहण गरेकी थिईन् । २०५३ माघ १५ गते नूर्व गाउँमा जन्मिएकी शेर्पाको श्रीमान् र चार दाजुभाइसमेत आरोही हुन् । 

उनीहरूको विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल सफल रूपमा आरोहण गरिसकेको कारण आपूmलाई प्रेरणा मिलेको उनले बताईन् ।  

एक वर्षअघि ४५ दिन मकालु आधार शिविरमा बसेको अनुभव सगालेपछि यो पटक मकालु आरोहण गर्न सफल भएको शेर्पाले बताईन् । मकालु गाउँपालिकामा दुई दर्जन बढी आरोही रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप