व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र
बुधबार, ०३ वैशाख २०८२, ०८ : २१
तनहुँ । व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन् ।
नगरपालिकामा फोहरमैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घरबहाल, कुलोपानी, जग्गा खिचलो, महिला हिंसालगायत मुद्दा दर्ता भएका न्यायिक समितिका संयोजक इन्दिरा दरैले जानकारी दिइन्।
नगरपालिकाले दर्ता हुन आएका मुद्दामा मेलमिलापलाई प्राथमिकता दिएको उनले बताइन् । अदालती निर्णयभन्दा सहमतिको आधारमा मेलमिलापको माध्यमबाट मुद्दा टुङ्ग्याउने गरेको उनले जानकारी दिइन् । उनले भनिन् “मेलमिलाप गराउँदा दुवै पक्षले जितेको महसुस गर्न सक्छन्, मेलमिलाप हुनै नसक्ने मुद्दा अदालतमा पठाउने गरेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण