हमासले मानेन इजरायलको प्रस्ताव
तेल अभिभ । गाजामा छ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्नु पर्ने इजरायलको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यो जानकारी एक जना वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको भन्दै बीबीसीले समाचार छापेको छ । इजरायलको योजनामा युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाइएको ती अधिकारीले भनेका छन् ।
हमासका मुख्य मागहरूलाई पनि यसमा सम्बोधन गरिएको थिएन । बदलामा, हमासद्वारा बन्धक बनाइएका आधालाई रिहा गर्न भनियो । गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको समयमा यो प्रस्ताव आएको हो । हालै, गाजाको खान युनिसमा रहेको एक फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो ।
यसमा एक सुरक्षा गार्डको मृत्यु भएको थियो भने नौ जना घाइते भएका छन् । यसैबिच, इजरायली सेनाले यसमा हमासका एक नेता मारिएको बताएको छ । युद्ध सुरु भएयताको १८ महिनामा गाजामा मानवीय अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको संयुक्त राष्ट्र सङ्घको एक निकायले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण