अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
रफाह । गाजामा इजरायलले गरेको आक्रमणपछि अमेरिकी–इजरायली बन्दीलाई नियन्त्रणमा राखिरहेका लडाकुहरूको एक समूहसँग आफ्नो सम्पर्क टुटेको हमासले बताएको छ । २१ वर्षिय सेना एडान अलेक्जान्डर हालैका दिनमा हामसले जारी गरेको एउटा भिडियोमा देखिएका थिए ।
४५ दिनको नयाँ युद्धविरामको प्रस्ताव गरेकै दिनमा इजरायलले उनलाई रिहा गर्न माग गरेको थियो । तर हमासले गएको हप्ता यो प्रस्ताव अस्वीकार गर्यो । अलेक्जान्डरसँग सम्पर्क कहिले टुटेको थियो भनेर हमासले मंगलबार खुलाएको थिएन । न त आफ्नो दाबी प्रमाणित गर्ने कुनै प्रमाण नै देखाएको छ ।
इजरायलले बारम्बार बन्दी राखेको ठानिएको ठाउँमा आक्रमण टार्न खोजेको दाबी गरिरहेको छ । तर आक्रमण भइ नै रहेको छ । आफूहरूले अलेक्जान्डरलाई समातेर राखेको समूहसँगको सम्पर्क गुमाएको अनि उनीसम्म पुग्ने कोशिश भइरहेको हमासका प्रवक्ता आबु अबेइदाले एउटा विज्ञप्तिमा भनेका थिए ।
२०२३ को आक्रमणमा हमासले २५१ जनालाई बन्धक बनाएको थियो । यीमध्ये ५९ जना अझै पनि हमासकै कब्जामा छन् । यीमध्ये २४ जनाको मृत्यु भइसकेको ठानिएको छ । गाजामा रहेका पाँच जना अमेरिकी नागरिक हुन् । यीमध्ये अलेक्जान्डर एक जना मात्रै जीवित रहेको मानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण