पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
काठमाडौँ । भुटानको थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कांस्य पदक सहित नेपाली खेलाडी स्वदेश फिर्ता भएका छन् । उनीहरूको स्वागतका लागि बक्सिङ संघका पदाधिकारीहरू विमानस्थल पुगेका थिए ।
_wPLMp80aOL.jpg)
महिला ५० केजी तौल समूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले आधारमा हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन् ।
_uRaeKjbLOD.jpg)
त्यसै गरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पछि पार्दै स्वर्ण जितिन् । पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्ण कैलाश राईलाई ५–० अंकको हराउँदै स्वर्ण जिते ।
_D85B7vwHZq.jpg)
यस्तै पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसंग ४–१ अंकले पराजित हुँदै दोस्रो भए । पुरुष ५४ केजीमा चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३–२ अंक प्राप्त गरी रजत जिते ।
_wEcRBnz5UC.jpg)
महिला ४८ केजीमा रमिशा श्रेष्ठले र बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पाले पुरुष ६० केजीमा कांस्य पदक जिते भुटान बक्सिङ संघको निमन्त्रणामा प्रतियोगिता खेल चैत्र २९ देखी ३१ सम्म सञ्चालक गरिएको थियो । नेपालसहित भारत, भुटान र बंगलादेश गरी ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो तथा भुटान पहिलो भएको थियो ।
_GIVAfxNphV.jpg)
_k2N9hNVQFN.jpg)
_bSfPzBJod2.jpg)
तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण