‘चीन ट्रम्पभन्दा राम्रो पार्टनर हो’ भन्ने सन्देश लिएर मलेसिया पुगे सी

क्वाललम्पुर । चिनियाँ राष्ट्रपति सी जिनिपिङ मलेसिया पुगेका छन् । दक्षिणपूर्वी एसियाली देशहरूको भ्रमणको क्रममा उनी मंगलबार साँझ मलेसिया पुगेका हुन् ।
अमेरिकाले चीनसँग व्यापार युद्ध भड्काइरहेको समयमा चीन ट्रम्प भन्दा भरपर्दो व्यापार साझेदार हुन सक्छ भन्ने सन्देश बोकेर सी मलेसिया पुगेका छन् । यो २०१३ यता सिको पहिलो मलेसिया भ्रमण हो । सी तीन दिनसम्म क्वाललम्पुर बस्नेछन् । भ्रमणको क्रममा उनले मलेसियाका सुल्तान इब्राहिम इबिन इस्कन्दर र प्रधानमन्त्री अनवर इब्राहिमलाई पनि भेट्नेछन् ।
बिहीबार कम्बोडियाको भ्रमणमा निस्कनु अघि उनी राजकीय भोजमा पनि सहभागी हुनेछन् । सी भियतनामको भ्रमण सकेर त्यहाँ गएका हुन् । भियतनाममा सिले कृत्रिम बौद्धिकता देखि रेल्वे परियोजनासम्मका दर्जनौँ सम्झौतामा हस्ताक्षर गरेका थिए । सिको भियतनाम भ्रमणलाई ट्रम्पले दुवै देशले अमेरिकालाई कसरी तह लगाउने भनेर खुट्याउने कोसिस गरिरहेको भन्ने अर्थमा हेरेको भन्दै एपीले समाचार छापेको थियो ।
उच्च स्तरीय रणनीतिक साझेदारी गहिरो पार्नु चीन र मलेसिया दुवैको साझा हितका लागि राम्रो हुने सिले भनेको भन्दै मलेसियाको सरकारी समाचार एजेन्सी बेर्नामाले समाचार लेखेको छ । यो क्षेत्र र विश्वमै समेत शान्ति, स्थायित्व र समृद्धिका लागि राम्रो भएको बताइएको छ । पछिल्लो समय मलेसिया चीनतिर ढल्किरहेको छ । अमेरिकाबाट आउने सामानमा ४७ प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाएको भन्दै अमेरिकाले मलेसियाबाट आउने सामानमा २४ प्रतिशतको महसुल लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
-
सर्लाहीका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
के तपाईंलाई थाहा छ, सिम कार्डको एउटा कुना किन काटिन्छ ?
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
आगामी बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती : भगवती चौधरी