‘चीन ट्रम्पभन्दा राम्रो पार्टनर हो’ भन्ने सन्देश लिएर मलेसिया पुगे सी
क्वाललम्पुर । चिनियाँ राष्ट्रपति सी जिनिपिङ मलेसिया पुगेका छन् । दक्षिणपूर्वी एसियाली देशहरूको भ्रमणको क्रममा उनी मंगलबार साँझ मलेसिया पुगेका हुन् ।
अमेरिकाले चीनसँग व्यापार युद्ध भड्काइरहेको समयमा चीन ट्रम्प भन्दा भरपर्दो व्यापार साझेदार हुन सक्छ भन्ने सन्देश बोकेर सी मलेसिया पुगेका छन् । यो २०१३ यता सिको पहिलो मलेसिया भ्रमण हो । सी तीन दिनसम्म क्वाललम्पुर बस्नेछन् । भ्रमणको क्रममा उनले मलेसियाका सुल्तान इब्राहिम इबिन इस्कन्दर र प्रधानमन्त्री अनवर इब्राहिमलाई पनि भेट्नेछन् ।
बिहीबार कम्बोडियाको भ्रमणमा निस्कनु अघि उनी राजकीय भोजमा पनि सहभागी हुनेछन् । सी भियतनामको भ्रमण सकेर त्यहाँ गएका हुन् । भियतनाममा सिले कृत्रिम बौद्धिकता देखि रेल्वे परियोजनासम्मका दर्जनौँ सम्झौतामा हस्ताक्षर गरेका थिए । सिको भियतनाम भ्रमणलाई ट्रम्पले दुवै देशले अमेरिकालाई कसरी तह लगाउने भनेर खुट्याउने कोसिस गरिरहेको भन्ने अर्थमा हेरेको भन्दै एपीले समाचार छापेको थियो ।
उच्च स्तरीय रणनीतिक साझेदारी गहिरो पार्नु चीन र मलेसिया दुवैको साझा हितका लागि राम्रो हुने सिले भनेको भन्दै मलेसियाको सरकारी समाचार एजेन्सी बेर्नामाले समाचार लेखेको छ । यो क्षेत्र र विश्वमै समेत शान्ति, स्थायित्व र समृद्धिका लागि राम्रो भएको बताइएको छ । पछिल्लो समय मलेसिया चीनतिर ढल्किरहेको छ । अमेरिकाबाट आउने सामानमा ४७ प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाएको भन्दै अमेरिकाले मलेसियाबाट आउने सामानमा २४ प्रतिशतको महसुल लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण