कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
बुधबार, ०३ वैशाख २०८२, १४ : ५०
काठमाडौँ । कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्दै साइकल खोस्ने नगर प्रहरी कारबाहीमा परेका छन् ।
बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक मजदुरको साइकल नै खोसेर अमर्यादित ढङ्गले व्यवहार गरेको भन्दै नगर प्रहरीलाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका हुन् ।
पाण्डेका अनुसार, स्थानीयको गुनासोपछि हिजो (मंगलबार) नगर प्रहरी सो क्षेत्रमा खटिएको थियो । बिहानैदेखि कवाडी संकलनकर्ताले हल्ला गरेर हिँड्ने गरेको भन्दै स्थानीयले लिखित र मौखिक उजुरी दिएपछि त्यहाँ कवाडी सङ्कलकलाई नियन्त्रणमा लिन नगर प्रहरी खटाइएको थियो ।
सोही क्रममा अमर्यादित शैलीमा नियन्त्रण गरेको पाइएपछि नगर प्रहरी ऐन २०८० बमोजिम आवश्यक कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको छ । साथै ती मजदुरको साइकल फिर्तासमेत गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण