शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा

बिहीबार, ०४ वैशाख २०८२, ०९ : ५०
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले शिक्षकहरूसँग यसअघि नै भएको सहमति बमोजिम शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन भएको उल्लेख गरेको छ । शिक्षकहरूको माग न्यायपूर्ण रहेका भन्दै सो पार्टीले सरकारले पहिले शिक्षकहरूसित गरेको सम्झौताअनुसार शीघ्र शिक्षा ऐन बनाउनुपर्नेमा जोड दिएको छ । 

आन्दोलनको कारण देशभरि नै विद्यार्थीहरूको भर्ना, पठनपाठन, कतिपय परीक्षा वा पहिले परीक्षा भएका कापीहरूको जाँच गर्ने काममा समेत बाधा पुगेको भन्दै पार्टीले यसको कारक सरकार नै भएको जिकिर गरेको छ । 

पहिले त त्यसले शिक्षकहरूसित भएका सम्झौता अनुसार शिक्षा ऐनको निर्माण गरेन । अब शिक्षकहरू सङ्घर्षमा उत्रेपछि उनीहरूका मागहरूप्रति पनि सरकार गम्भीर भएको छैन । त्यसबाट शिक्षकहरूलाई ठुलो कष्ट पुग्नुका साथै सम्पूर्ण शिक्षाप्रणाली नै ध्वस्त हुने सम्भावना पैदा भएको छ, विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रियजनमोर्चाले देशका सम्पूर्ण  जनतासित शिक्षकहरूका मागहरू पूरा गराउन सरकारमाथि जनदवावको सिर्जना गर्न अपिल समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप