शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले शिक्षकहरूसँग यसअघि नै भएको सहमति बमोजिम शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन भएको उल्लेख गरेको छ । शिक्षकहरूको माग न्यायपूर्ण रहेका भन्दै सो पार्टीले सरकारले पहिले शिक्षकहरूसित गरेको सम्झौताअनुसार शीघ्र शिक्षा ऐन बनाउनुपर्नेमा जोड दिएको छ ।
आन्दोलनको कारण देशभरि नै विद्यार्थीहरूको भर्ना, पठनपाठन, कतिपय परीक्षा वा पहिले परीक्षा भएका कापीहरूको जाँच गर्ने काममा समेत बाधा पुगेको भन्दै पार्टीले यसको कारक सरकार नै भएको जिकिर गरेको छ ।
पहिले त त्यसले शिक्षकहरूसित भएका सम्झौता अनुसार शिक्षा ऐनको निर्माण गरेन । अब शिक्षकहरू सङ्घर्षमा उत्रेपछि उनीहरूका मागहरूप्रति पनि सरकार गम्भीर भएको छैन । त्यसबाट शिक्षकहरूलाई ठुलो कष्ट पुग्नुका साथै सम्पूर्ण शिक्षाप्रणाली नै ध्वस्त हुने सम्भावना पैदा भएको छ, विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रियजनमोर्चाले देशका सम्पूर्ण जनतासित शिक्षकहरूका मागहरू पूरा गराउन सरकारमाथि जनदवावको सिर्जना गर्न अपिल समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण