प्राकृतिक प्रकोप
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
बिहीबार, ०४ वैशाख २०८२, ११ : ०३

सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारका वर्षासहितको बाढीले क्षति पुर्याएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार बिहीबार बिहान बाढीले पसल र घरहरुमा क्षति पुर्याएको हाे ।
यद्यपि विवरणहरु अझै आउन बाँकी रहेको उनले रातोपाटीलाई बताए ।
खाद्य व्यवस्थापन कार्यालयमा पनि क्षति पुगेको उनको भनाइ छ । स्थानीयका अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ । अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् ।
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले क्षति ठुलो मात्रामा भएको र अहिले प्रहरीले विवरण संकलन गर्ने काम गरिरहेको बताए । बाढीले अमृत बुढाको पसल बगाएको छ भने आसपासका ११ पसलमा क्षति पुर्याएको हुम्लाका पत्रकार कालिबहादुर थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत