प्रदूषण
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
बिहीबार, ०४ वैशाख २०८२, ११ : ५४
काठमाडौँ । काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ । पछिल्लो रेकर्डअनुसार काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बिहान ११ः२५ मा काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६१ छ ।
पहिलो स्थानमा बङ्गलादेशको ढाका सहर रहेको छ । यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६९ रहेको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत मानिन्छ ।
वायु प्रदूषण तथ्याङ्क रातोपाटीमा पनि हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण